FAQs Complain Problems

संक्षिप्त परिचय

नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयन भई आएको छ । साविकका गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ वटा गा.वि.स.समेतलाई समावेश गरी गैंडाकोट नगरपालिकामा १८ वडा कायम भई वडा नं. १ देखि ९ सम्म संयुक्त वडा समितिको कार्यालय साविक गैंडाकोट,  १०–१३ साविक मुकुन्दपुर र १४–१७ मा साविक अमरापुरी गा.वि.स.र १८ मा सविक रतनपुर गा.वि.स कार्यालयवाट हाल सेवा प्रदान भैरहेको ब्यहोरा अवगत गराउन चाहान्छौ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८( २०६८ को जनगणना अनुसार) जनसंख्या रहेको छ ।
नेपालको मध्यभाग पर्ने धार्मीक क्षेत्र मौलाकालिका देविमाताको प्रख्यात मन्दिर तथा अन्य महत्वपुर्ण कलात्मक १०८ शिवलिङ्ग स्थापना, देवी देवताका मठ मन्दिर रही आएको छ भने पूर्वतर्फ कालिगण्डकी त्रिशुलि लगायत गण्डकीहरुको संगम स्थलमा नारायणि नदी परिचित तिर्थस्थल देवघाटधाम एवम् मनोरम वनजङ्गल नारायणगढ चितवन भरतपुर समिपमा रहेको सवै जातजातीहरुको वसोवासतथा नेपालकै प्रख्यात चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रसमेतलाई समेटेको साझा फुलवारीको रुपमा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्गको भागमा पर्ने स्थलको रुपमा परिचित एवम् विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित मन्दिर एवम् संघ संस्था गैं.स.स. सहकारी संस्थाहरु रहेकोले यस नगरपालिकाको महत्व छ भन्न उपयुक्त हुनेछ ।
विजय विकास श्रोत केन्द्र, सहमति, त्रिनेत्र, सामाजिक विकास तथा अनुसन्धान केन्द्र जस्ता ख्याति प्राप्त गैं.स.स संस्था छन भने विकु, किसान वचत तथा ऋण स.सं.लि. जस्ता एक्सेस व्रान्ड प्राप्त गर्न सफल सहकारी संस्था, गैंडाकोट साकोस एक्सेसको कार्यक्रममा रहेको र अन्य दुग्धडेरी लगायत विजय एफ.एम, सहज स्वास्थ्य सहकारी संस्था लि., विजय सामुदायिक शिक्षा सदन जस्ता सहकारी विषयगत संस्थाले आफ्नो राम्रो पहिचान दिन सफल रहेको छ । विद्यालय कलेज प्राविधिक शिक्षा शिक्षण संस्था संस्कृत विद्यापिठ स्थापित भई शिक्षाको जागरण लाई अगाडि वढाएको छ । भने सामुदायिक वनहरु गठन भएर विनास रहेका ंजङ्गल संरक्षण भई वृक्षारोपण वातावरण सुधार भई दिगो विकास र सामुदायिक भावनाको विकासमा सहयोग भै आएको छ । सुन्दरी सामुदायिक वन उपभोक्ता समुह अमरापुरीले अपाङ्ग पुर्नस्थापन कार्यक्रम अन्र्तगत विपन्नलाई घर निर्माण्, वन संरक्षण जडिवुटी ब्यवस्था संरक्षण, आय आर्जन कार्यक्रमहरु सञ्चालन गरी आएको र सामुदायिक वन गणेशमान राष्ट्रिय पुरस्कार एवं अव्राहम अवार्ड अन्र्तराष्ट्रिय पुरस्कारवाट सम्मान प्राप्त गरी उत्कृष्ठ रुपमा परिचित रहेको यस क्षेत्र मै अमरापुरी खा.पा. उ.स.ले पानी सुद्धिकरण खा.पा. सुरक्षा योजना लागु गरी कार्यक्रम गरी नेपालको पहिलो खानेपानी को रुपमा परिचित छ । यसमा रहेका अरु खानेपानी योजनाले शुद्ध पिउने पानिको ब्यवस्थाप गरिरहेको छ भने मुकुन्दपुर खानेपानी, गैंडाकोट पम्पिङ्ग स्किम खा.पा. तथा जलुके खा.पा. को ब्यवस्थापनले पनी राम्रो शुद्ध पिउने पानिको वितरण गरी आएको हुदा यस क्षेत्रका नगरवासीहरुले शुद्ध खानेपानीको उपयो गर्ने अवसर पाईरहेकाछनु भन्न सकिन्छ ।
यस नगरपालिका क्षेत्र भित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सवै प्रकारका ब्यक्तिहरु संख्या ३९९४ रहेको छ भने गैंडाकोट नगरपालिकामा लगभग  १३००० घरधुरी संख्या र कुल जनसंख्या करिव ६५०७८ रहेको छ । यस नगरक्षेत्र खुला दिसामुक्त, पूर्णखोप नगरपालिका रुपमा तथा साविक अमरापुरी हाल गैं.न.पा. १४–१७ नेपालको पहिलो पूर्ण सरसफाई नमुना क्षेत्र घोषणा भएको र जिल्लाको पहिलो पूर्ण साक्षर गा.वि.स. क्षेत्रमा पर्दछ । उद्योग वाणिज्य संघ गैंडाकोट, नेपाल रेडक्रस सोसाईटी उपशाखा गैंडाकोट, लायन्स क्लव, लियो क्लव, गैंडाकोट जेसीस, लगायत गैं.स.स. सहकारी वचत तथा ऋण दुग्ध उत्पादन समुह गठन भई प्रशंशनीय रुपले  काम गरी आएको हुंदा सहकारी ग्राम को रुपमा परिचित रहेको छ । महिला संजाल, विभिन्न जातजातीका समुह, टोल सुधार समिति, विभिन्न क्लव गठन भई सो को माध्यामवाट सेवा पदान गरेका छन् । यही क्षेत्रमा जेष्ठ नागरीक कल्याणकारी प्रतिष्ठान, बृद्ध आश्रम सेवा समिति वृद्ध वृद्धा संरक्षण समितिहरुको स्थापना भएका छन् ।  
यस क्षेत्रको आम्दानी श्रोतमा खेती, किसान पशुपालन, दुग्ध उत्पादन एवंम रोजगारीता जागीरहरु मा वढी देखिएतापनि विशेष गरेर बैदेशिक रोजगारीतामा वढी आश्रीत भएको देशमा रहेर काम गर्न भन्दा विदेशमा नै जाने प्रवृती देखिएको छ यसतर्फ पनी सरकार तथा स्थानीय निकायवाट सकारात्मक सोच एवं कार्यक्रमहरु प्रभावकारी वनाउन जरुरी देखिएकोछ ।
नगरवासिको इच्छा चाहाना अनुरुप विकास र आवश्यकता परिपुर्तिको लागि सोचका साथ कार्यक्रम र गुरुयोजना (ःबकतभच एबिल) सहित काम गरी सवै मिलि काम गरेमा मात्र हाम्रो र राम्रो हराभरा स्वच्छ सुन्दर नगरपालिका वनाउन सकिन्छ भन्ने सवैमा निवेदन गर्न चाहान्छौ ।
स्वास्थ्य, शिक्षा, खानेपानि, सरसफाई, अति महत्वपूर्ण आधार हो भने रोजगारी आय, आर्जन ब्यवसाय, कृषि पशुपालन, ब्यापारवाट आर्थिक उन्नती गर्ने सिप विकास तालीम चेतनाको जागरण वाट समाधान हुदै जान्छ त्यस तर्फ सवैका कार्यक्रम तयार गर्न जरुरी ठान्दछौ ।
गैंडाकोट नगरपालिका १–१८ सम्म वर्षका पानीकोभल निकास एवम् ढल निकास निर्माण, रिङ्ग रोड, नदि तथा खोला नियन्त्रण, सिंचाई एवम् खानेपानी लगायत महत्वपूर्ण ठूला योजनाहरु नगरपालिकाको निर्णय अनुसार केन्द्रस्तरमा समावेश गरी कार्यान्वयनका लागि सम्वन्धित निकायमा माग गरी र कार्यन्वयन तर्फ लाग्न अति आवश्यक देखिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, सिख्रौली आश्रम, मुकुन्दसेन दरवार संरक्षण त्रिपुरेश्वर हरीहर मन्दिर अमरापुरी नारायणि तट लगायतका अन्य मन्दिर तथा १०८ कलात्मक शिवलिङ्ग स्थापना, वौद्ध गुम्वा, चर्च लगायत मन्दिरहरुले पनि यस क्षेत्रको पहिचानको रुपमा रहेका छन् ।