गैडाकोट नगरपालिकाको प्रतिक चिन्ह(Logo) डिजाईन सम्वन्धि सुचना

लोगो डिजाईन सम्वन्धि सुचना

परिचय

नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयन भई आएको छ । साविकका गैंडाकोट, मुकुन्दपुर, अमरापुरी ३ वटा गा.वि.स.समेतलाई समावेश गरी गैंडाकोट नगरपालिकामा १७ वडा कायम भई वडा नं. १ देखि ९ सम्म संयुक्त वडा समितिको कार्यालय साविक गैंडाकोट, १०–१३ साविक मुकुन्दपुर र १४–१७ मा साविक अमरापुरी गा.वि.स.कार्यालयवाट हाल सेवा प्रदान भैरहेको ब्यहोरा अवगत गराउन चाहान्छौ । नेपालको मध्यभाग पर्ने धार्मीक क्षेत्र मौलाकालिका देविमाताको प्रख्यात मन्दिर तथा अन्य महत्वपुर्ण कलात्मक १०८ शिवलिङ्ग स्थापना, देवी देवताका मठ मन्दिर रही आएको छ भने पूर्वतर्फ कालिगण्डकी त्रिशुलि लगायत गण्डकीहरुको संगम स्थलमा नारायणि नदी परिचित तिर्थस्थल देवघाटधाम एवम् मनोरम वनजङ्गल नारायणगढ चितवन भरतपुर समिपमा रहेको सवै जातजातीहरुको वसोवासतथा नेपालकै प्रख्यात चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रसमेतलाई समेटेको साझा फुलवारीको रुपमा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्गको भागमा पर्ने स्थलको रुपमा परिचित एवम् विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित मन्दिर एवम् संघ संस्था गैं.स.स. सहकारी संस्थाहरु रहेकोले यस नगरपालिकाको महत्व छ भन्न उपयुक्त हुनेछ । विजय विकास श्रोत केन्द्र, सहमति, त्रिनेत्र, सामाजिक विकास तथा अनुसन्धान केन्द्र जस्ता ख्याति प्राप्त गैं.स.स संस्था छन भने विकु, किसान वचत तथा ऋण स.सं.लि. जस्ता एक्सेस व्रान्ड प्राप्त गर्न सफल सहकारी संस्था, गैंडाकोट साकोस एक्सेसको कार्यक्रममा रहेको र अन्य दुग्धडेरी लगायत विजय एफ.एम, सहज स्वास्थ्य सहकारी संस्था लि., विजय सामुदायिक शिक्षा सदन जस्ता सहकारी

Nepali